मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार २२:४७:oo
Read Time : < 1 मिनेट
समाचार

८४ पछि पनि एमाले वा कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार २२:४७:oo

प्रधानमन्त्री केपी ओलीले ०८४ पछि पनि एमाले वा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले बताएका हुन् । 

ओलीले अबको निर्वाचनबाट पनि कुनै अर्को पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने सोच्नुको अर्थ नभएको बताए ।

‘‘अब अढाई वर्ष जति छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरू यो नठान्नुस् की कोही अर्को नेतृत्व आउँछ। तपाईंहरूलाई अहिले नै भनिदिन्छु,’ उनले भने, ‘कि एमालेले सरकार बनाउँछ, एमालेले बनाएन भने कांग्रेसले बनाउने हो । कांग्रेसले बनाएन भने एमाले–कांगेसले बनाउँछन् । यो तीनवटा बाहेक अर्को कुनै विकल्प छैन ।’

अहिलेको सरकार स्थिर सरकार भएकाले ढुक्कसँग भुमिहीनहरूलाई लालपुर्जा वितरण गर्नेगरी काम गर्न पनि उनले आयोगका पदाधिकारीहरुको ध्यानाकर्षण गराए ।