
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) र गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौंबिच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका डेबिट–क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताले रिसोर्टमा उपलब्ध फुड एन्ड बेभरेज र स्पा सर्भिसमा १५ प्रतिशत छुट पाउनेछन् ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रधान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकको भनाइ छ । एनआइएमबीले आफ्ना ग्राहकवर्गको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ । छुटको विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध छ ।
बैंकले हाल दुई सय ७५ शाखा, दुई सय ६४ एटिएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।