Skip This
मधेशमा ७२ प्रतिशत धान रोपाइँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format २o:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मधेशमा ७२ प्रतिशत धान रोपाइँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format २o:o२:oo

पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेश प्रदेशमा धान रोपाइँ बढेको छ। पानी पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेश प्रदेशको कृषि निर्देशनालयले जनाएको छ।

यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रूपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ।

‘सिँचाइ तथा अकासे पानीको अभावमा धनुषा, महोत्तरी, सिराहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ,’ निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने।

उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक)का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताए।

यसैबिच मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो टयुबवेल वितरण प्रक्रिया सुरु गरेको छ।

निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। रासस