
सन् १९६५ : दुई वर्षदेखि संघीय मलेसियाको एकाइको रूपमा रहेको सिंगापुरलाई मलेसियाले नै राख्न नचाहेपछि सो क्षेत्रका प्रधानमन्त्री ली क्वान यूले यसै दिन बाकी मलेसियाबाट अलग गर्ने सम्झौतामा हस्ताक्षर गरे ।
सन् १८८४ : जर्मनीले हालको नामिबियामाथि औपचारिक रूपमा औपनिवेशिक शासन सुरु गर्यो ।
सन् १९३४ : अमेरिकाको एक पुनरावेदन अदालतले जेम्स जोईसको चर्चित उपन्यास ‘युलिसस’ लाई प्रतिबन्धित गर्ने प्रयास गलत ठहर गर्ने तल्लो अदालतले निर्णयलाई सदर गरिदियो ।
सन् १९४८ : अमेरिकी खेलाडी एलिस कोचम्यानले हाई जम्पमा पहिलो हुँदै ओलम्पिक स्वर्णपदक जित्ने पहिलो अफ्रिकन मूलकी महिलाको रेकर्ड राखिन् ।
सन् १९५७ : अमेरिकी कंग्रेसले ‘सिभिल राइट्स एक्ट–१९५७’ पारित गर्यो, जसले राज्यलाई मताधिकारमा अवरोध पुर्याउनेविरुद्ध सजाय हुने अधिकार प्रदान गर्यो ।
सन् १९६४ : अमेरिकी कंग्रेसले पारित गरेको ‘गल्फ अफ टोनकिन’ प्रस्तावनाले राष्ट्रपति लिन्डन जोनसनलाई दक्षिणपूर्व एसियामा कम्युनिस्ट विद्रोहको जोखिममा रहेको देशलाई सहायता प्रदान गर्ने शक्ति प्रदान गर्यो । जोनसनले यस शक्तिलाई भियतनाम युद्धमा अमेरिकाको संलग्नता बढाउन प्रयोग गरे ।
सन् १९७६ : अमेरिकाले प्रक्षेपण गरेको ‘भाइकिङ २’ ११ महिनाको उडानपछि मंगल ग्रहको वायुमण्डलमा प्रवेश गर्यो ।
सन् १९९० : कुवेतमाथि इराकको आक्रमण गरेपछि अमेरिकाले आफ्नो सेना साउदी अरबमा परिचालन गरेर ‘अप्रेसन डिजर्ट सिल्ड’ सुरु गर्यो ।
सन् २०२२ : अमेरिकी सिनेटले जलवायु परिवर्तनसँग जुध्न, स्वास्थ्य खर्च कटौती गर्न र ठुला कर्पाेरेटमाथि कर बढाउने विषय समेटेको ‘इन्फ्लेसन रिडक्सन एक्ट’ नामक ठुलो आर्थिक प्याकेज पारित गर्यो ।
सन् २०२४ : थाइल्यान्डको संवैधानिक अदालतले संसद्को सबैभन्दा ठुलो दल ‘द रिफर्मिस्ट पार्टी’लाई प्रतिबन्ध लगायो ।