
संघीय निजामती सेवा विधेयक षड्यन्त्रमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर भएका छन् ।
लामो छलफलपछि मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएकाे हाे । समितिका सातजनाले नै हस्ताक्षर गरेर प्रतिवेदन फाइनल गरेका हुन् । सदस्य ईश्वरी घर्तीका अनुसार खतिवडा नैतिक जिम्मेवार ठहर भएका हुन् भने मुख्यसचिव अर्यालले पदीय आचरणविपरीत क्रियाकलाप गरेको ठहर समितिको छ । मुख्यसचिव अर्याल यसमा प्रत्यक्ष रुपमा संलग्न नभई प्रभावित पारेको भन्ने आधारमा उनलाई पनि समितिले जिम्मेवार देखाएको हो।