मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १६ शुक्रबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेखर भन्छन्– प्रधानमन्त्री कार्यालय र मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १७:२५:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएको टिप्पणी गरेका छन् छन्। स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपले सेवा गर्न दिनुपर्ने कोइरालाको धारणा छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबिबिएस विद्यार्थीले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भनेजस्तो काम गर्न नसकेको बताएका हुन्।

बिपी प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका कोइरालाले प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँजहाँ पुगे पनि सबैले शिर उच्च राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए।