मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १७ शनिबार o७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मिडिया सोसाइटीको अध्यक्षमा लम्साल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार o७:o६:oo

मिडिया उद्यमीहरूको संस्था नेपाल मिडिया सोसाइटीको अध्यक्षमा मदन लम्साल चयन भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न सोसाइटीको २२औँ वार्षिक साधारणसभाले आर्थिक अभियानका लम्सालको नेतृत्वको कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्षमा धर्मराज भुसाल (हिमालय टिभी) र महेश स्वाँर (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक) र कोषाध्यक्षमा जनक पन्त (टिभी टुडे) चयन भएका छन् ।  

त्यस्तै, सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी) र राजन पोखरेल (द हिमालयन टाइम्स) छन् । निवर्तमान अध्यक्ष शुभशंकर कँडेल (एबिसी टिभी) हुन् ।

मिडिया सोसाइटीका संस्थापक अध्यक्ष कैलाश सिरोहिया (कान्तिपुर मिडिया ग्रुप) र क्याप्टेन रामेश्वर थापा (अन्नपूर्ण मिडिया नेटवर्क) लाई सल्लाहकार समितिमा चयन गरिएको छ । साधारणसभाले सातबुँदे काठमाडौं घोषणापत्र पनि जारी गरेको छ । संविधान र प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य–मान्यता तथा मर्म र भावनाविपरीतका कार्य बन्द गर्न माग गरेको छ ।