मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
Invalid date format १२:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको दबाबमा रोकियो बागमतीका तीन मन्त्रीको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

बागमती प्रदेशमा बुधबार बिहान नवनियुक्त तीन मन्त्रीको शपथग्रहण अन्तिम समयमा आएर रोकिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए ।

शपथग्रहण कार्यक्रम बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा तय गरिएको थियो र आवश्यक जानकारीसमेत कार्यालयलाई दिइएको थियो । तर, नेकपा एमालेको आग्रहपछि कार्यक्रम स्थगित गरिएको हो । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गर्दै संवेदनशील राजनीतिक परिस्थितिमा सरकार विस्तार गर्नु उचित नहुने धारणा राखेका थिए ।

उनले यस्तो कदमले गलत सन्देश दिन सक्ने भन्दै मन्त्रीहरूको शपथ तत्काल रोक्न सुझाव दिएका थिए। एमालेको चासोपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन्। हाल कांग्रेस संसदीय दलमा नेतृत्व चयनका लागि मतदानको प्रक्रिया चलिरहेकै वेला मन्त्री नियुक्ति र शपथको प्रयासले थप राजनीतिक तनाव सिर्जना गरेको छ ।