
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रधानमन्त्रीनिवास बालुवाटरमा कांग्रेस र एमालेको शीर्ष नेतृत्वबिच भेटघाट भएको छ।
सो भेटघाटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट उपप्रधानमन्त्री विष्णु पौडेल र ओलीका सल्लाहकार विष्णु रिमाल छन्। छलफलमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि राखिएको छ।