मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
एजेन्सी नयाँ दिल्ली
Invalid date format १o:१o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पहलगाम आक्रमणका सबै संदिग्धलाई मारेको भारतको दाबी 

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format १o:१o:oo

भारतका गृहमन्त्री अमित शाहले भारत प्रशासित कस्मिरमा सोमबार मारिएका तीन हतियारधारी अप्रिलमा पहलगाममाथि भएको पर्यटकको आक्रमणमा संलग्न आतंकवादी भएको बताएका छन् । 

कस्मिरको राजधानी श्रीनगरको बाहिरी भागमा सेना, अर्धसैनिक र प्रहरीको संयुक्त कारबाहीमा हतियारधारी संदिग्धहरू मारिएको एक दिनपछि मंगलबार शाहले यो जानकारी दिएका हुन् । सोमबारको कस्मिरको राजधानी श्रीनगरबाट लगभग ३० किलोमिटर टाढा दाचिगामको पहाडी भेगमा सेनाले विशेष अप्रेसन चलाएको भारतीय सेनाले एक विज्ञप्तिमा भनेको छ ।  ‘म संसद्लाई जानकरी गराउन चाहन्छु कि बैसरनको आक्रमणमा तीनजना आतंककारी संलग्न थिए, अहिले ती तीनैजना मारिएका छन्,’ शाहले अप्रिल २२ मा २६ जना पर्यटक मारिएको पहलगाम नजिकैको क्षेत्र बैसरनलाई उल्लेख गर्दै संसद्लाई भने । अप्रिल २२ को गोली हानी मारिएका २६ जना मुख्यत: हिन्दु पर्यटक थिए । 

भारतले अप्रिल २२ को आक्रमणमा संलग्न आक्रमणकारीलाई पाकिस्तानको सहयोग रहेको आरोप लगाएको थियो, जसलाई इस्लामाबादले खण्डन गरिरह्यो । विवाद बढ्दै जाँदा मे महिनामा आणविक हतियारधारी यी दुई देशबिच चार दिन युद्ध भड्कियो । त्यसमा दुवै पक्षका ७० भन्दा बढी मानिसको मृत्यु भयो ।  शाहले मंगलबार संसद्लाई बताएअनुसार मारिने तीनैजना पाकिस्तानी नागरिक थिए । तीमध्ये दुईजना पाकिस्तानमा मुख्यालय रहेको सशस्त्र समूह ‘लस्कर–ए–तोयबा’का सदस्य भएको पनि उनले बताए । यसै महिनाको सुरुमा, संयुक्त राज्य अमेरिकाले लस्कर–ए–तोयबालाई ‘विदेशी आतंकवादी संगठन’ घोषित गरेको थियो ।