१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format o५:५७:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

असार १४ देखि २० गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५७:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असार १४ गते शनिबारदेखि असार २० गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अर्थलाभका अवसर आउनेछन् । राजनीतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । सेयर बजारबाट सोचेअनुसारको सफलता मिल्नेछ । साताको अन्त्यमा परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्ये धनआर्जन गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभचिन्तक तथा आफन्तको साथसहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । नयाँ लगानीका मार्ग खुल्नेछन् । मायाप्रेममा सोचेअनुसार सफलता मिल्नेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धनआर्जन गर्न सकिनेछ । मनपरेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । साताको अन्त्यमा धार्मिक यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा राजनीति तथा सामाजिक काम गर्दा ध्यान पुर्‍याउनुपर्नेछ । काममा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । घरमा नयाँ अतिथिको आगमन हुनेछ । बिहीबारपछि कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । पारिवारिक सहयोग प्राप्त हुँदैन । साताको अन्त्यमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताको प्रारम्भमा व्यापार बढ्नुको साथै आम्दानीमा वृद्धि हुनेछ । पारिवारिक जमघट जुर्नुको साथै रमाइलो वातावरणमा समय व्यतीत गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । साताको अन्त्यमा आफन्तको सहयोगमा नयाँ कामको जिम्मेवारी मिल्नेछ । स्थानान्तरणको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार–व्यवसायमा समय दिन सके मनग्ये आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा धातु संग्रहको योग रहेको छ । आँट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समय फलदायी रहेको छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको प्रारम्भमा पैतृक सम्पत्तिको प्रयोगमार्फत मनग्ये धनआर्जन गर्न सकिनेछ । व्यापार–व्यवसाय फस्टाएर जानेछ विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । साझेदारीमा गर्न लागेका कामबाट जस मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । धार्मिक यात्राको योग रहेकाले मनमा खुसियाली छाउनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग रहेको छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्ये धनलाभ हुनेछ । आफन्त वा साथीभाइले नि:स्वार्थ भावले सहयोग गर्नेछन् । साताको अन्त्यमा नयाँ ज्ञान प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । बुधबार र बिहीबार रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्ने योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा सोचेजस्तै प्रगति हुनेछ । आर्थिक पक्ष सबल रहने योग रहेको छ । बुधबारदेखि आफन्तबाट टाढिनुपर्नेछ व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । साताको अन्त्यमा अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आय–आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । तर, श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ । बुधबारपछि बौद्धिक र लेखन कार्यमा सफलता प्राप्त हुने योग छ । सरकारी तथा निजी क्षेत्रमा पुन: प्रयत्न गरे अवसर मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । बोलीको भरमा काम सम्पन्न हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । साताको अन्त्यमा अकस्मात धन कमाउने योग रहेको छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । अनेक कुरा सुनिए पनि तपाईंको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउनेछ । साताको अन्त्यमा अचल सम्पत्ति हात पर्नेछ । राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रवल रहेको छ ।