१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १३ शुक्रबार २१:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार २१:१७:oo

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकास (इसिडी)सम्बन्धी व्यवस्था पारित भएका छन् ।

समितिको आज बसेको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा निजी विद्यालय सञ्चालन र व्यवस्थापनका सम्बन्धमा यसलाई लोककल्याणकारी, सेवामूलक, गैरनाफामूलक बनाएर लैजाने गरी समितिबाट विद्यालय शिक्षा विधेयक सर्वसम्मतले पारित भएको हो ।

त्यसैगरी सामुदायिक र निजी विद्यालयमा प्रारम्भिक बाल विकास (इसिडी)मा दुई वर्षको अवधि रहने विषय पनि टुंगाे लागेको छ । समितिले यी दुवै विद्यालयमा समान अवधि राख्ने सहमति गरेको हो । समितिले पूर्वप्राथमिक शिक्षालाई दुई वर्षभन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मतले पारित गरेको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावमा बाल सहजकर्ताका रूपमा नियुक्ति हुन कम्तीमा १२ कक्षा पढेको हुनुपर्ने, सेवा प्रवेश गर्दा तालिम लिनुपर्ने व्यवस्था राखिएको छ । इसिडी बाल शिक्षक वा सहजकर्ता भन्ने र उहाँहरूको वृत्ति विकासका विषयमा भने समितिले सहमति जुटाउन सकेको छैन ।