१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format २o:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४१:oo

जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा च्याङ्ग्रापालक किसानलाई घुम्ती गोठ निर्माण गरिएको छ । उच्च लेकमा याकचौँरी तथा च्याङ्ग्रा रेखदेख गरी बस्ने गोठालाहरूको सुविधाका लागि मुस्ताङका चारवटा पालिकामा दुई दर्जनभन्दा बढी अस्थायी घुम्ती गोठ निर्माण गरिएको हो ।

हिउँदयामका जाडो हुने भएकाले बेँसीमा झारिने यहाँका याकचौँरी तथा च्याङ्ग्रा गर्मीयाममा उच्च लेकका घुम्ती चरन क्षेत्रमा लगेर पालन गरिन्छ । गाउँपालिकाले याकनाक तथा चौँरीपालक किसानलाई लक्षित गरी चालू आर्थिक वर्षमा ‘याकचौँरीपालक किसानका लागि आवश्यक पूर्वाधार निर्माण’ शीर्षकमा रु. आठ लाख बजेट विनियोजन गरेको थियो ।

थासाङ गाउँपालिकाका लागि ‘याक प्रवर्द्धन कार्यक्रम’अन्तर्गत संघीय सरकारको ससर्त अनुदान रु. १० लाख विनियोजन भएको थियो । संघीय र पालिकाको विनियोजित बजेटबाट ५० प्रतिशत अनुदान सहुलियत दिने गरी घुम्ती गोठ निर्माण गरिएको गाउँपालिकाका कृषि शाखा अधिकृत राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पालिकाअन्तर्गतका हिमालयन चौँरीपालक तथा संरक्षण समितिमा आबद्ध २० परिवारका याकचौँरीपालक किसानका लागि २० वटा अस्थायी गोठाला बस्ने वातावरणमैत्री गोठ निर्माण गरिएको हो । पालिका र संघीय सरकारको अनुदान रु. १८ लाख र सम्बन्धित किसान समितिको लागत साझेदारी रु. १८ लाख बजेट खर्चिएर थासाङको मार्चे लेक, मूलीखर्क र बतासे लेकमा अस्थायी गोठ निर्माण गरिएको उनले बताए ।

ढुंगाको पर्खाल, काठको बार र जस्ताले छाएर अस्थायी किसान बस्ने गोठ सम्पन्न गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत श्रेष्ठले उल्लेख गरे । थासाङ– २ का वडाध्यक्ष गौतम शेरचनले संघीय सरकार र पालिकाको अनुदान सहयोगमा मार्चे लेकमा १०, मूलीखर्कमा ६ र बतासे लेकमा चारवटा घुम्ती गोठ निर्माण गरिएको जानकारी दिए ।

गोठ निर्माणले उच्च लेकमा याकचौँरी रेखदेख गर्ने गोठालालाई बस्न सहज भएको उनले उल्लेख गरे । ‘गोठाला बस्ने संरचना निर्माण भएसँगै बस्ने र खाने सुविधा सहज भएको छ,’ वडाध्यक्ष शेरचनले भने, ‘गोठभित्रै बसेर दुध, दही, घिउ र छुर्पीलगायत परिकार बनाउन सजिलो भएको छ ।’

उनका अनुसार थासाङमा २३ परिवारले याकचौँरीपालन गरे पनि २० घर हिमालयन याकचौँरी तथा संरक्षण समितिमा दर्ता भएका छन् ।

यहाँस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका चारवटा पालिकामा दुईवटा शीर्षकमा घुम्ती गोठ निर्माण गरिएको जनाएको छ । केन्द्रका प्रमुख पशु चिकित्सक डा. लालमणि अर्यालले ‘घुम्ती गोठ संरक्षण कार्यक्रम’ र ‘स्थानीय नश्लको पशु संरक्षण कार्यक्रम’अन्तर्गत रहेर थासाङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा याकचौँरी तथा च्याङ्ग्रापालकका लागि घुम्ती गोठ निर्माण गरिएको जानकारी दिए ।

भेटेरेनरी कार्यालयले चालू आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार थासाङमा रु. १० लाख, लोघेकर दामोदरकुण्डमा रु. १० लाख, वारागुङ र लोमान्थाङमा रु. पाँच–पाँच लाख बजेट विनियोजन गरी किसानलाई ९० प्रतिशत अनुदान सहुलियत दिएर गोठ निर्माण गरेको हो ।

हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठदेखि असोजसम्म उच्च लेकमा याकचौँरी तथा भेडाच्याङ्ग्रा पालन गरिन्छ भने हिउँदयाम लागेपछि मंसिरदेखि वैशाखसम्म उच्च लेकका याकचौँरी तथा भेँडाच्याङ्ग्रा बस्तीनजिकै स्थान्तरण गरिन्छ ।