१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १३ शुक्रबार २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइई नतिजा : सबैभन्दा धेरै गणित विषयमा ‘ननग्रेडेड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार २o:२७:oo

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा धेरै विद्यार्थी गणितमा ‘ननग्रेडेड’ भएका छन् । शुक्रबार साँझ सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार गणित विषयमा मात्रै यो वर्ष एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका हुन् ।

पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद भएको बताए । उनका अनुसार अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिए ।