१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
रासस ढाका
Invalid date format १५:o४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

ऊर्जासंकटसँग जुध्न सौर्य ऊर्जाको प्रयोग बढाउँदै बंगलादेश

Read Time : > 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

बंगलादेशको अन्तरिम सरकारले देशले चरम गर्मी र विद्युत् अभावको दीर्घकालीन समाधानका लागि सबै सरकारी संस्थालाई सोलार प्यानल जडान गर्न आदेश दिएको छ। 

विद्युतकाे गम्भीर अभाव भोगिरहेको १७ करोड जनसंख्या भएको देशले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाबाट २० प्रतिशत विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसलाई चार गुणाले वृद्धि गर्दै सन् २०४० सम्ममा ३० प्रतिशत पुर्‍याउने लक्ष्य बंगलादेशको छ।

‘बंगलादेश ऊर्जाका हिसाबले आफ्ना छिमेकी मुलुकभन्दा निकै पछाडि परेको छ,’ अन्तरिम नेता मोहम्मद युनुसको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी भारतमा कुल आवश्यकताको २४ प्रतिशत र श्रीलंकामा करिब ४० प्रतिशत हिस्सा नवीकरणीय स्रोतबाट पूरा भइरहेको, तर हाम्रो कुल आवश्यकताको ५.६ प्रतिशत मात्र यसबाट पूरा भइरहेको छ।’

सरकारको रुफटप सोलार कार्यक्रमअन्तर्गत सबै सरकारी कार्यालय, विद्यालय, कलेज र अस्पताललाई तत्काल प्यानलसहितको सोलार जडान गरिने बिहीबार अबेर जारी उक्त विज्ञप्तिमा उल्लेख छ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले सरकारी शक्ति निकायको प्रयोग गरेर प्यानल स्थापना गर्न असफल भएको अवस्थामा यी प्यानलहरू निजी क्षेत्रका कम्पनीले स्थापना र सञ्चालन गर्ने उनले बताए। 

‘निजी क्षेत्रले समग्र मर्मतसम्भार सम्हाल्नेछ र प्रणालीलाई आफ्नो व्यावसायिक स्वार्थका लागि सञ्चालन गर्नेछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारले उनीहरूलाई छतमा पहुँच मात्र उपलब्ध गराउनेछ।’

सरकारले कुल पाँच हजार २३८ मेगावाट क्षमताका ५५ वटा सौर्य ऊर्जा आयोजनाका लागि टेन्डर प्रक्रियासमेत सुरु गरेको छ। बंगलादेश छिमेकी मुलुक भारतबाट सीमापार विद्युत् आयातमा धेरै निर्भर गर्छ भने आवश्यकतालाई सम्बोधन गर्न नेपालबाट विद्युत् आयात गर्छ। 

ढाकाले सन् २०१७ मा रूपपुरमा रुससमर्थित आणविक प्लान्टको निर्माण पनि सुरु गरेको थियो। दुई हजार चार सय मेगावाट क्षमताको यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आउँदा यो नै बंगलादेशको सबैभन्दा ठुलो विद्युत् गृह हुनेछ।