१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १२ बिहीबार १७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी विद्यालयले निःशुल्क राज्यको भार बोकिदिएका छन् : कांग्रेस प्रमुख सचेतक घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १७:३o:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले निजी विद्यालयहरूले निःशुल्क रूपमा राज्यको भार बोकिदिएका बताएका छन्।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा घिमिरेले भने, ‘कुल विद्यार्थी संख्याको एकतिहाइ विद्यार्थी निजी क्षेत्रले भार बोकिदिएको छ, निःशुल्क रूपमा। अहिले भइरहेकै शिक्षकहरू धान्न, त्यसको खर्च धान्न, हामीलाई गाह्रो परेको छ।’

विगतमा कानुनअनुसार दर्ता गरेर निजी विद्यालय सञ्चालन गर्न दिएको उल्लेख गर्दै घिमिरेले अहिले बन्द गरे मुलुकले आफ्नो विश्वसनीयता गुमाउने बताए।

‘हिजो हामीले कम्पनी ऐनअनुसार दर्ता गर्न दियौँ। दर्ता गर भन्यौँ, दर्ता गरेर निजी लगानी गरेर खोलेको चिजलाई अहिले यसरी एउटा लोकतान्त्रिक मुलुकले बन्द गर्दै हिँड्नु आफ्नो विश्वसनीयता पनि गुमाउनुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने।

निषेधको साटो निजी विद्यालयहरूमा प्रभावकारी नियमन गर्नुपर्ने उनले प्रस्ट पारे। अन्यथा राज्यले नै सिन्डिकेट गरेको अपजस बोक्नुपर्नेतर्फ पनि उनले सचेत गराए।

‘निषेध गर्ने कामचाहिँ हामीले गर्न हुँदैन,’ उनले भने, ‘पुरानालाई चल्न दिने, नयाँलाई चाहिँ खोल्न नदिने गर्यौँ भने राज्यले नै सिन्डिकेट गरेको अपजस पनि हामीले बोक्नुपर्छ।’