१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पिपरामा युवकको शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १८:५७:oo

सप्तरीको राजगढ गाउँपालिका–४, पिपरामा बिहीबार बिहान एक युवकको शव भेटिएको छ। डाक्नेश्वरी नगरपालिका–८का ३२ वर्षीय राजकुमार खंगको शव पोखरीको डिलमा भेटिएको हो।‌
 
प्रारम्भिक अनुसन्धानअनुसार उनको घाँटी रेटेर हत्या गरेको देखिएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए। उनले मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर बोलाएर घटनाको अनुसन्धान थालिएको जानकारी दिए।

शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ।
डिएसपी बस्नेतले घटनाबारे थप अनुसन्धान थालिएको बताए।