१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
Invalid date format १३:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३o:oo

पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले बताएका छन्। सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरूलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाए । 

अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरू खुला गरेको छ, हालसालै दुवै सीमाहरूबाट फर्कने शरणार्थीहरूको संख्या तीव्र भएको जनाइएको छ । 

अनुमानित दुई–तीन हजार व्यक्ति र करिब तीन सय परिवार निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताए। करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू, हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन् ।  (रासस/सिन्ह्वा)