१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
Invalid date format ११:३४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

काभ्रेमा सबैभन्दा बढी बजेट पनौती नगरपालिकाले ल्यायाे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३४:oo

काभ्रेपलाञ्चोक जिल्लामा १३ स्थानीय तह रहेका छन्। जसमा ६ वटा नगरपालिका र सातवटा गाउँपालिका छन् । ती पालिकाहरूमध्ये आर्थिक वर्ष ०८२/८३ का लागि पनौती नगरपालिकाले सबैभन्दा बढी बजेट एक अर्ब ६१ करोड ११ लाख ११ हजार ल्याएको छ । असार ९ गते गणपूरक संख्या नपुगेको भन्दै नगर सभाको १७औँ अधिवेशनको पहिलो बैठक स्थगित भएपछि बुधबारको दोस्रो बैठकले नीति, कार्यक्रम र बजेट पास गरेको हो ।

त्यसरी नै दोस्रो र तेस्रोमा क्रमशः बनेपा र धुलिखेल नगरपालिकाले ल्याएका छन् । बनेपा नगरपालिकाले एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्ताव गरेको छ भने धुलिखेल नगरपालिकाले एक अर्ब १८ करोड ४८ लाख ५० हजार बजेट पास गरेको छ। मण्डनदेउपुर नगरपालिकाले एक अर्ब १० करोड ७५ लाख ५५९ बजेट ल्याइएको छ । जिल्लामा यी चार नगरपालिकाले मात्र अर्बभन्दा बढीकाे बजेट ल्याएका हुन्। अन्यले करोडमा ल्याएका छन् । 

त्यसरी नै आगामी आर्थिक वर्ष ०८२/८३ का लागि पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८०२, नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १६०, रोशी गाउँपालिकाले ७२ करोड चार लाख ३७ हजार, चौरीदेउराली गाउँपालिकाले ६९ करोड पाँच लाख पाँच हजार, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख पाँच हजार २४३, भूम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजार, महाभारत गाउँपालिकाले ६० करोड १३ लाख एक हजार, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोला गाउँपालिकाले ५२ करोड २३ लाख ३२ हजार ३५३ काे बजेट ल्याएका छन्। 

जिल्लामा धुलिखेल नगरपालिका र पनौती नगरपालिकाबाहेक सबैले नीति, कार्यक्रम र बजेट प्रस्ताव मात्र गरेर पारित गर्न बाँकी रहेको छ ।