१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
रासस पाटन
Invalid date format o९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोल्सामा आएको बाढीले बगाएर सबइन्जिनियरको मृत्यु

Read Time : < 1 मिनेट
रासस, पाटन
नयाँ पत्रिका
Invalid date format o९:o५:oo

ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सबइन्जिनियर सविन दाहालको मृत्युु भएको छ ।

महाँकाल गाउँपालिका– ६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल– ४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका– २९ हरिसिद्धि बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

‘खोल्सामा साँझ अन्दाजी ७:३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर थाहा पाएर खोजी गर्दा मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकाेप्टर मगाएका छौँ,’ उनले भने ।