१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १० मंगलबार १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘टेक एन्ड पे’बारे प्रधानमन्त्री– राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्लाजस्तो भएपछि हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १७:५o:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एन्ड पे’ प्रणाली राम्रो नियतले ल्याएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले नराम्रो गर्लाजस्तो भएपछि उक्त प्रावधान हटाइएको बताए।

माओवादी सांसदले सोधेको प्रश्नमा उनले भने, ‘राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो भयो हटाइयो।’

आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) टेक एन्ड पे प्रावधानअनुसार मात्र गर्ने उल्लेख थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले नै असहमति जनाएपछि सरकारले सो प्रावधान हटाएको छ।