१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
२o८२ असार १० मंगलबार २२:३६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

फुङलिङ नगरपालिकाको बजेट ७६ करोड २७ लाख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार २२:३६:oo

फुङ्लिङ नगरपालिकाले ७६ करोड २७ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १८औं नगर सभामार्फत उक्त बजेट ल्याएको हो ।

नगर उपप्रमुख भिमादेवी ओझाले नगर सभामार्फत आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ७६ करोड २७ लाख ३३ हजार ३८० रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालु खर्चतर्फ ५२ करोड ७२ लाख ४४ हजार ८१७ बजेट रहेको छ भने, पुँजीगततर्फ २३ करोड ५५ लाख १८ हजार ५७२ रुपैयाँ रहेको छ ।

सङ्घीय सरकार अन्तर्गतको समानीकरण अनुदानमा १४ करोड ६० लाख, सङ्घीय सरकारको राजश्व बाँडफाँट नौ करोड दुई लाख ९३ हजार, सङ्घीय सरकारअन्तर्गतको शर्सत अनुदान ३३ करोड ५५ लाख र सङ्घीय सरकारअन्तर्गतकै विषेश अनुदान दुई करोड ९३ लाख रहेको नगर उपप्रमुख ओझाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

यस्तै, सङ्घीय सरकारअन्तर्गतको समपूरक अनुदानमा ८५ लाख, प्रदेश सरकारअन्तर्गतको वित्तिय समानीकरण अनुदानमा एक करोड ४६ लाख १० हजार, प्रदेश सरकारअन्तर्गतको राजश्व बाँडफाँट एक करोड दुई लाख ५५ हजार, प्रदेश समपूरक अनुदानअन्तर्गत ९७ लाख र प्रदेशसर्सत अनुदानअन्तर्गत एक करोड १० लाख ४१ हजार रहेको छ ।

स्थानीय राजश्व बाँडफाँटअन्तर्गत ९५ लाख ८३ हजार, आन्तरिक स्रोतअन्तर्गत नौ करोड २८ लाख ८० हजार र जनसहभागिता साझेदारीअन्तर्गत १५ लाख रहेको बजेट प्रस्तुत गरिएको छ ।