१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १० मंगलबार १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवहेलना मुद्दामा दृष्टि मिडियालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १६:४२:oo

विशेष अदालतले दृष्टि न्युज अनलाइन र संवाददातालाई तीन दिनभित्र बयानका लागि बोलाएको छ। ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ भएको भन्दै दृष्टि मिडियामा समाचार प्रकाशित भएपछि दायर रिटमा अदालतले बयानका लागि बोलाएको हो।

नवराज सापकोटाले दृष्टि मिडियालाई विपक्षी बनाई दायर गरेको अदालतको अवहेलना मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो।

‘यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनुनपर्ने भए सोको आधार, कारण र प्रमाणसहित यो आदेश र समाह्वान म्याद प्राप्त भएको मिति समयबाट बाटोको म्यादबाहेक तीन दिनभित्र र सो म्याद थाम्न थमाउनसमेत नपाउने गरी विपक्षी दृष्टि मिडिया प्रालिको हकमा कानुनबमोजिमको प्रतिनिधि र विपक्षीहरू शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा तथा सम्बन्धित समाचारको संवाददाताको हकमा आफैँ यस अदालतसमक्ष बयान गर्न उपस्थित हुनू,’ आदेशमा भानिएको छ।

अदालतले अर्को आदेश नभएसम्म प्रकाशित, प्रसारित समाचार यथास्थितिमा राख्न भनेको छ।