१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format २१:५५:oo
Read Time : < 1 मिनेट
समाचार

हेटौँडाबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५५:oo

हेटौँडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशालानजिकै जुवातास खेलिरहेको अवस्थामा मकवानपुर प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय दामोदर चौलागाईं, २९ वर्षीय विश्व स्याङ्तान, २९ वर्षीय सुदीप पोख्रेल, २९ वर्षीय प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका छन्। 

विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार मंगलबार दिउँसो करिब १ः४५ बजे गौरीटारस्थित दामोदर चौलागाईंको गाईगोठमा पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रवक्ता अर्यालले घटनास्थलबाट सात बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोट्टीसहितको काठको लुडो बरामद गरिएको जानकारी दिए। उनीहरूविरुद्ध जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालको भनाइ छ।