१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद

करण केसी बने टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट लिने दोस्रो नेपाली बलर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१४:oo

तीव्र गतिका बलर करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट लिने दोस्रो नेपाली बलर बनेका छन्। मंगलबार स्कटल्यान्डविरुद्धको खेलमा २ विकेट लिएपछि उनले यो महत्त्वपूर्ण माइलस्टोन पूरा गरेका हुन्। 

८०औँ खेलमा उनले १०० विकेट लिएका हुन्। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध उनले २ विकेट लिइसकेका छन्। 

यसअघि नेपालका बलरमध्ये सन्दीप लामिछानेले मात्र टी–२० अन्तर्राष्ट्रियमा सय विकेट लिएका थिए। ५९ खेलमै लामिछानेले १११ विकेट लिइसकेका छन्।