१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सांसदहरूले भने, ‘व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट व्यावहारिक र लागू गर्न सकिने भएको सांसदहरूले बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनीहरूले बजेटबारे सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

सांसद उदयशमशेर जबराले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट व्यावहारिक र लागू गर्न सकिने रहेको बताए । निराश रहेका निजी क्षेत्रलाई उत्साह दिने गरी बजेट आएको उनको भनाइ थियो । स्टार्ट अपका लागि पाँच वर्षका लागि कर छुटले नयाँ उद्यमीलाई उत्साह दिने सांसद राणाले बताए ।

‘बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिनु स्वागतयोग्य कुरा हो,’ उनले भने । ०८१ असोजमा गएको बाढीबाट ठुलो धनजनको क्षति भए पनि रु. एक खर्ब १९ अर्ब पुनर्निर्माणका लागि छुट्याइएको उल्लेख गर्दै उनले उक्त बजेट अपुग रहेको बताए ।

सांसद भगवती चौधरीले बजेटको सन्तुलित, यथार्थपरक र स्रोत सुनिश्चितता तथा सम्भावना र प्रभावकारितालाई केलाउँदै अर्थपूर्ण प्रतिफल आउन सक्ने बताइन् ।

‘बजेट कार्यान्वयनमा आउने चुनौती धेरै छन् । बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न सकारात्मक पहल गर्नुपर्छ,’ उनले भनिन् । बजेटले नयाँ पुस्तालाई स्वदेशमा नै अवसर प्रदान गर्ने गरी योजना बनाएको भन्दै सांसद चौधरीले सूचना प्रविधिमा युवा पुस्तालाई आकर्षण गर्ने योजना प्रशंसनीय रहेको बताइन् ।

सांसद नगिना यादवले मुलुकको आर्थिक समस्या समाधान गर्ने गरी बजेट आए पनि कार्यान्वयनमा भने चुनौती रहेको बताइन् । ‘बहुमतले बलियो बजेट ल्याउन त सक्थ्यो, आर्थिक समस्याबाट मुलुकलाई मुक्त गर्न सकिन्थ्यो । तर, छिटो आर्थिक लाभ दिने किसिमको बजेट आउन सकेको छैन,’ उनले भनिन्, ‘संघीय कानुन बनाएर कर प्रणालीलाई सहज बनाउनुपर्छ ।’ मधेश प्रदेशलाई उपेक्षा गरी बजेट विनियोजन भएको उनको आरोप थियो ।