१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य बढ्दा कारोबार रकम १३ अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकम १३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

नेप्से २.८० अंकले बढेर दुई हजार ६५८.६६ विन्दुमा कायम भएको छ। आज क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ०.०५ प्रतिशतले घटेको छ।

३१८ कम्पनीको तीन करोड ३६ लााख ३७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन ११ अर्बभन्दा धेरैको सेयर खरिद–बिक्री भएको थियो।

यस दिन वित्त र जलविद्युत् एक प्रतिशतभन्दा धेरैले घट्दा लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह एक प्रतिशतभन्दा थोरैले ओरालो लागेका छन्। होटेल तथा पर्यटन सर्वाधिक (४.६९ प्रतिशत) वृद्धि हुँदा बाँकी सबै समूहमा एक प्रतिशतभन्दा कम वृद्धि देखिएको छ।

आज पिअर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा पिपल्स पावरका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन्। यता, अपर हेवाखोला र श्री इन्भेस्टमेन्ट फाइनान्स क्रमशः ७.५८ र ६.३३ प्रतिशतले घटेका छन्।