
प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले वेल घेरेर विरोध सुरु गरेका छन् ।
सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् ।