
प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। यही जेठ २८ गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको थियो। प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको बैठक दुई दिन पर धकेलिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन्।