१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सकियो पाँचौँ हिमालयन ट्राभल मार्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

 हिमालयन ट्राभल मार्टको पाँचौँ संस्करण सम्पन्न भएको छ । ‘माउन्टेन, माइलस्टोन्स एन्ड मोमेन्टम’ भन्ने मूल नाराका साथ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल, च्याप्टरले आयोजना गरेको ट्राभल मार्ट आइतबार पाटा–नेपाल च्याप्टरको ५०औँ वार्षिकोत्सवका अवसरमा सम्पन्न भएको हो। कार्यक्रमको औपचारिक उद्घाटन भने मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका थिए । 

कार्यक्रम विश्व पर्यटन समुदायका ३० देशबाट सयभन्दा बढी अन्तर्राष्ट्रिय सहभागी र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधिसहित सात सयभन्दा बढी सहभागी थिए । दिगो पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटन सहकार्य, प्रवद्र्धन र दिगो पर्यटन वृद्धिका लागि नयाँ मापदण्डसमेत स्थापित गरेको आयोजक पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय क्रेता–विक्रेता, सञ्चारकर्मी, पर्यटन व्यवसायी, नीति–निर्माता र सरोकारवालाको उपस्थिति थयो । हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लाटफर्मका रूपमा पुनः पहिचान गराएको पाटा नेपालले जनाएको छ । नेपाललाई ‘गेटवे टु द हिमालय’का रूपमा स्थापित गर्ने अभिभारालाई अझ सशक्त बनाएको पाटाको भनाइ छ। 

पाटाका अध्यक्ष खेम लाकाईंले नेपाललाई वर्षभर भ्रमणयोग्य गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सकिने र त्यसका लागि क्षेत्रीय सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।