१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
Invalid date format २१:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद

अन्तर विद्यालय छात्र टी–२० क्रिकेटको उपाधि प्रतिभालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o७:oo

प्रतिभा माविले एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । 

पोखरा महानगर क्रिकेट संघको आयोजना, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको मुख्य प्रायोजन रहेको प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा सिर्जना माविलाई ८ विकेटले पराजित गर्दै प्रतिभाले उपाधि हात पारेको हो ।

खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको सिर्जना १४.४ ओभर खेल्दै १० विकेट गुमाएर जम्मा ६० रनमा सीमित हुन पुगेको थियो । ६१ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रेको प्रतिभाले ५.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

सिर्जनाका लागि अभय विकले सर्वाधिक १८ रन बनाउँदा प्रतिभाका लागि सफल श्रेष्ठले ३९ रन जोडेका थिए । खेलमा प्लेयर अफ दी म्याचसमेत रहेका प्रतिभाका सरोज पौडेलले ४ ओभरमा १३ रन खर्चेर ४ तथा रेमिट शर्माले ३ विकेट हात पारेका थिए । सिर्जनाका सोनु यादवले १ १ विकेट हत पारे ।

प्रतियोगितामा प्रतिभाका सफल श्रेष्ठ प्लेयर अफ दी सिरिजसँगै बेस्ट ब्याटर, सिर्जनाका सोनु यादव बेस्ट बलर घोषित भएका थिए ।

विजेता टिम एवं खेलाडीहरूलाई आयोजक संघका अध्यक्ष वीरेन्द्र पुन, मुख्य प्रायोजक एक्सपर्टका शाखा प्रमुख सलिम दिवान, बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतम, बिजनेस अफिसर अमीर दिवानलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा प्लेयर अफ दी सिरिज, बेस्ट ब्याटर र बेस्ट बलरलाई रत्नश्री जिमको तर्फबाट एक महिनाका लागि निःशुल्क जिमको प्याकेज पुरस्कार पाए। १७ जेठदेखि सुरु प्रतियोगितामा प्रतिभा र सिर्जनासँगै मदरल्यान्ड सेकेन्डरी स्कुल, बराही मावि, त्रिवेणी पब्लिक स्कुल, एसओएस, रत्नज्योति सेकेन्डरी स्कुल, डायमन्ड सेकेन्डरी स्कुल, जुनियर सिटिजन एकेडेमी, कुमुदिनी होम्स, न्यु लाइट सेकेन्डरी स्कुल र अमरसिंह मावि गरी १२ विद्यालयले प्रतिस्पर्धा गरेका थिए।