१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
Invalid date format १७:३२:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन लगाइएको प्रतिबन्धलाई विस्तार गरिएको छ।

सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स्थलमा हिँडाउन प्रतिबन्ध लगाउने प्रहरीको निर्देशनलाई प्रतिबिम्बित गर्दै आइतबारदेखि पश्चिमको इलाम सहरमा यो प्रतिबन्ध विस्तार गरिएको छ।

हालैका दिनहरूमा कम्तीमा १७ अन्य सहरहरूले पनि यस्तै प्रतिबन्धहरू लागू गरेका छन्, जसमा मध्यमा इस्फाहान र दक्षिणमा केर्मान सहर समावेश छन्।

सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिदेखि नै कुकुरको मालिक हुनु र सार्वजनिक स्थलमा घुमाउनु विवादको विषय बनेको छ। यद्यपि कुकुरको स्वामित्वलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने कुनै कानुन भने अख्तियार गरिएको छैन।

इस्लामिक धर्म मान्ने कैयौँ विद्वानहरूले कुकुर पाल्नु वा तिनीहरूको थुकको सम्पर्कमा आउनुलाई ‘नाजी’ वा धार्मिक रूपमा अशुद्ध ठान्छन् भने केही अधिकारीहरूले तिनीहरूलाई पश्चिमी सांस्कृतिक प्रभावको प्रतीकको रूपमा लिन्छन्।

कुकुरको स्वामित्वलाई निरुत्साहित गर्ने व्यापक अभियानको एक भागको रूपमा स्थानीय अधिकारीहरूले सार्वजनिक स्थानहरूमा हिँड्न वा तिनीहरूलाई सवारीसाधनमा बोक्न समय–समयमा प्रतिबन्ध लगाएका छन्।

तेहरान र इरानका अन्य ठाउँहरूमा धेरै कुकुर मालिकहरूले आफ्ना कुकुरलाई डुलाइरहेका कारण प्रतिबन्धहरू लागू गर्नु धेरै हदसम्म असंगत भएको छ।

सुधारवादी इतेमाद पत्रिकाले आइतबार इलाम सहरका एक अधिकारीलाई उद्धृत गर्दै ‘उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने’ बताएको छ।

इरानको सरकारी अखबारले शनिबार भनेको छ, 'सार्वजनिक सुव्यवस्था कायम राख्न, सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक स्वास्थ्यको रक्षा गर्नका लागि पछिल्लो कदम चालिएको हो ।' पश्चिमी सहर हमेदानका अभियोजक अब्बास नजाफीले भने, 'कुकुरको हिँडडुल जनस्वास्थ्य, शान्ति र आरामका लागि खतरा हो।'

सन् २०२१ मा इरानका करिब ७५सांसदले घरपालुवा जनावर कुकुरको स्वामित्वलाई ‘विनाशकारी सामाजिक समस्या’ भन्दै निन्दा गरेका थिए।

सन् २०१७ मा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले ‘कुकुर पाल्ने, सिकार गर्ने र पहरा दिने’ बाहेक अन्य कारणले कुकुर पाल्नु निन्दनीय मानिने बताएका थिए।

'यदि यो अभ्यास गैर–मुस्लिमसँग मिल्दोजुल्दो छ, उनीहरूको संस्कृतिलाई बढावा दिन्छ वा छिमेकीहरूलाई हानि र अशान्ति निम्त्याउँछ भने यसलाई वर्जित मानिन्छ,' तस्निम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गरी उल्लेख गरेको छ।