१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format २o:४६:oo
Read Time : > 1 मिनेट
समाचार

गिरुवारी खोला र अरुण खोला पुलमा प्रहरीको २४ घन्टे पहरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४६:oo

मर्मतपछि शुक्रबार साँझबाट सञ्चालनमा आएको चोरमाराको गिरुवारी खोला पुल र जीर्ण अवस्थामा रहेको अरुणखोला पुलमा प्रहरीले २४ घण्टे पहरा दिन थालेको छ । पुलको क्षमताभन्दा बढी भार बोकेका सवारी साधन वारपार गर्दा जोखिम बढेको भन्दै प्रहरीले पहरा दिन थालेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पुलले धान्न सक्ने अतिधकतम वजन ४० टन मात्र रहेको र अधिकतम प्रतिएक्सल १० टन मात्र बोक्न निर्देशन पनि दिएको छ । कार्यालयको सूचनाअनुसार पुल पुरानो भएको र नयाँ पुल निर्माणाधीन अवस्थामा रहेकोले हाललाई मालवाहक सवारी ट्रक÷टेलरको हकमा एकपटकमा एकतर्फी एक मात्र सवारी गुड्ने गरी बिच भागबाट आवागमन गर्न तोकिएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले प्रहरीले वारी र पारी दुवैतर्फ सुरक्षा दिइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आलोपालो गरेर खटिएको ढकालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको चोरमाराको गिरुवारी खोलामा भाँचिएको पुल शुक्रबार साँझबाट सञ्चालनमा आएको हो ।   

गत २९ बैशाखमा अधिक भार बोकेको सिमेन्ट उद्योगको ट्रकका कारण गिरुवारी खोला पुलमा क्षति पुगेको थियो ।

यसैगरी पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको दुम्कीबासको विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको छ । चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाका अनुसार दुम्कीबासको विनयी खोलाको अन्तिम स्पानमा आज ढलान भएसँगै पुल निर्माण सकिएको हो ।

पुल निर्माण सम्पन्न भएसँगै अबको २८ दिनमा पुलमाथिबाट सवारीसाधन सञ्चालनमा ल्याइने झाले बताए ।

गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । बुटवल–नारायणगढ सडक आयोजनाले विनयी खोलामा पुल निर्माण सम्पन्न भएसँगै वर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ ।