१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २४ शनिबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सदन खुलाउन कांग्रेस र माओवादी संवादमा, एमाले मौन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार o६:१६:oo

भिजिट भिसाको आवरणमा मानव तस्करी प्रकरण

भिजिट भिसामार्फत मानव तस्करी र ठगी प्रकरणमा डेढ सातादेखि कायम सदनको गतिरोध हटाउन सत्ताघटक कांग्रेस र विपक्षी माओवादीले संवादलाई सघन बनाएका छन् । तर, सरकारको नेतृत्व गरिरहेको एमाले भने संवादमा छैन, बरु समिति बनाउन आवश्यक नरहेको भनी प्रमुख सचेतकस्तरबाट अडान राख्दै आएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, प्रमुख सचेतक श्याम घिमिरे, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलगायत नेताहरू विपक्षीसँग नियमित संवादमा छन् । शुक्रबार पनि कांग्रेस नेताले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा उपसभापति स्वर्णिम वाग्लेलगायतसँग छलफल गरे । छलफल सकारात्मक रहेको प्रचण्डले बताए ।

सत्तापक्षसँगको छलफलअघि विपक्षी दल माओवादी, रास्वपा, एकीकृत समाजवादी, आजपाको बैठक बसेको थियो । बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता खोज्ने र यसका लागि सत्तापक्षसँग संवाद गर्ने निर्णय गरेको थियो । ‘पहिला प्रतिपक्षी बस्यौँ । छानबिन मुख्य कुरा हो, भरपर्दाे छानबिनको कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने कुरा भयो,’ प्रचण्डले भने, ‘अर्काे अहिलेका राजनीतिक घटनाक्रमसहित यो सबै विषयमा प्रतिपक्षीको तर्फबाट कांग्रेस सभापतिसँग कुरा गर्नु उचित हुन्छ भन्ने पनि भयो ।’

विपक्षीको बैठकपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की र प्रमुख सचेतक श्याम घिमिरेलगायतसँग कुराकानी भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘एक–दुई दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ हुन्छ ।’ 

सत्तापक्ष छानबिन प्रक्रिया अगाडि बढाउनेमा सहमत भए पनि संसदीय वा पूर्वन्यायाधीशको न्यायिक समितिमार्फत छानबिन गर्ने वा अरू के गर्ने भन्नेमा निर्क्योल हुन नसकेको उनको भनाइ छ । 

विपक्षी दल र कांग्रेससँगको संवादपछि माओवादी अध्यक्ष प्रचण्डले भने–सरकारबाट छानबिन गर्ने प्रतिबद्धता आयो भने एक–दुई दिनभित्र टुंगिन्छ

पहिला प्रतिपक्षी बस्यौँ । छानबिन मुख्य कुरा हो, भरपर्दाे छानबिनको कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने कुरा भयो । अर्काे, अहिलेका राजनीतिक घटनाक्रमसहित यो सबै विषयमा प्रतिपक्षीको तर्फबाट कांग्रेस सभापतिसँग कुरा गर्नु उचित हुन्छ भन्ने पनि भयो । त्यसपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र प्रमुख सचेतक श्यामजीलगायतसँग कुराकानी भयो । एक–दुई दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ हुन्छ ।