१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
गगन अयडी बाजुरा
२o८२ जेठ २४ शनिबार o६:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाजुराको बाम्का बजारमा आगलागी, २० पसल जले 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार o६:१२:oo

बाजुराको बुढीगंगा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार आगलागी हुँदा २० पसल जलेका छन् । यो बजार साँफे–मार्तडी सडकमा पर्छ । नवदुर्गा होटेलमा एलपी ग्यास पड्केर सुरु भएको आगलागीले बजारमा ठुलो क्षति गरेको बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले बताए ।

पौने ४ बजे लागेको आगोले एक पक्की र अन्य टिनले छाएकासहित २० वटा पसल जलेका छन् भने केही पसलमा क्षति भएको छ । खाद्यान्न, कपडा, स्टेसनरी पसल, होटेल र औषधि पसल जलेका हुन् ।

दमकल नहुँदा आगो नियन्त्रणमा लिन समय लागेको स्थानीय रामबहादुर ऐडीले बताए । ‘दमकल छैन । ट्यांकरको पानीले निभाउँदा साढे ६ बज्यो,’ उनले भने, ‘मेरो पनि किराना पसल जलेको छ ।’ क्षतिको विवरण आइसकेको छैन ।