१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ५ सोमबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

०८४ सालमा एमालेलाई एकल बहुमत ल्याउन असम्भव छैन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १८:o९:oo

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने बताएका छन्।

सामान्यतः समानुपातिक प्रणालीमा एकल बहुमत ल्याउन कठिन रहे पनि एमालेका लागि सम्भव भएको भन्दै ओलीले भने, ‘यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ। यो कष्टसाध्य छ, चुनौतीपूर्ण छ। तर, पनि नेकपा एमालेका लागि सम्भव छ।’

सोमबार काठमाडौंमा एक कार्यक्रममा ओलीले धेरै भोट र धेरै सिट ल्याए ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने बताएका हुन्।

नेपालले समानुपातिक प्रणाली अपनाइसकेकाले अहिले यही प्रणाली रहने प्रष्ट्याउँदै उनले भने, ‘समानुपातिक प्रणाली साधारणतया ‘हङ पार्लियामेन्ट’ (त्रिशंकु संसद्)को प्रणाली हो। यसले कसैको बहुमत आउँदैन, साधारणतया, प्रणाली यो हामीले चुनिसकेका छौँ, अहिले यो प्रणाली नै कायम रहन्छ।’