
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रस्तुत गर्दै छ । प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।
उनका अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारलगायतलाई प्राथमिकतामा राखेर नीति ल्याउन लागेको हो । विगतका पूरा नभएका योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी रहेको छ ।