१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका ‎ ‎काठमाडौँ
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ‎ ‎काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ। 

‎जेठ ८ गतेसम्म हुने यस प्रतियोगितामा १२ टिमलाई ४ समूहमा विभाजन गरी लिग चरणअन्तर्गत १ दिनमा ३ देखि ४ खेल खेलाइनेछ। 

‎प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको इन्ट्रिफी १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ। 

प्रतियोगिता अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा स्व. डम्बर धामीको स्मृतिमा खेलाइँदै छ। डढेल्धुराको धामी गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भई उपचारको क्रममा स्वर्गारोहण भएको थियो। उनी हिस्ट इन्जिनियर कलेजबाट आफ्नो इन्जिनियरको पढाइ सकाएको केही समयपछि दुर्घटना भएको थियो।

‎प्रतियोगिताको समूह एमा हिस्ट इन्जिनियरिङ कलेज, कान्तिपुर इन्टरनेसनल कलेज र एक्मे इन्जिनियरिङ कलेज छन्। समूह बिमा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, जियोम्याटिक  इन्स्टिच्युट अफ टेक्नोलोजी र कोसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी छन्।

‎यस्तै, समूह सीमा कान्तिपुर सिटी कलेज, कलेज अफ आइटी एन्ड इन्जिनियरिङ र हिलसाइड कलेज अफ इन्जिनियरिङ छन्। यसैगरी, समूह डीमा कान्तिपुर इन्जिनियरिङ कलेज, पशुपति मल्टिपल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पस छन्।

‎प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा समूहको हिस्टविरुद्ध कान्तिपुर इन्टरनेसनल कलेजले प्रतिस्पर्धा गर्नेछ। यस्तै, दोस्रो खेलमा कान्तिपुर सिटी कलेज र हिलसाइडबिच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, तेस्रो खेलमा कान्तिपुर इन्जिनियरिङ कलेजले पशुपति क्याम्पसको सामना गर्नेछ।