१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३ शनिबार २o:२४:oo
Read Time : < 1 मिनेट
सप्तरंग

भरतीय अभिनेत्री नोरा फतेही काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार २o:२४:oo

भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेही काठमाडौं आइपुगेकी छिन्। शनिबार राति तारागाउँस्थित ह्यात चौरमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी शनिबार काठमाडौं आइपुगेकी हुन्।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताएकी छिन्।  ‘म नेपालीलाई भेट्न उत्साहित छु। हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले नेपाल आइपुगेकी हुँ। यो मेरो पहिलो नेपाल भ्रमण हो,’ फतेहीले भनिन्। उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताए। उनी संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईको जहाजबाट काठमाडौं आएकी हुन्। 

उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै काठमाडौं आइसकेका छन्। 

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वर्न्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनीष कार्कीले जानकारी दिए । 

आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किनेछिन्। इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ।