
प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन्। प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बन भएका हुन्।
टेरामक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरूमाथि रु. तीन खर्ब ५१ करोड बिगो मागदाबी गरेको छ।