Skip This
पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्बको भ्रष्टाचार मुद्दा दायर 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्बको भ्रष्टाचार मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १२:२३:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरीङ एण्ड फ्रड कन्ट्रोल सिष्टम(टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको सो प्रणालीमा तीन अर्ब २१ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

बस्नेत सञ्चारमन्त्री भएको अवस्थामा खरिदको काम भएको हो। बस्नेत नेपाली कांग्रेसका सांसद हुन्। 

आयोगले प्राधिकरणका पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्वसचिव धनराज ज्ञवाली, प्राधिकरणका पूर्वसदस्य टिका उप्रेतीसहित प्राधिकरणका कर्मचारी र आपुर्तीकर्ता कम्पनीलाई प्रतिवादी बनाएको छ।