Skip This
डोलेश्वर रिसोर्ट र सिटिजन्स क्यापिटलबिच सम्झौता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डोलेश्वर रिसोर्ट र सिटिजन्स क्यापिटलबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४२:oo

डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस र सिटिजन्स क्यापिटलबिच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्  ।

सम्झौतापश्चात् सिटिजन्स क्यापिटलले रिसोर्टलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्न तथा सार्वजनिक निष्कासन  अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवाअन्तर्गत दिनेछ ।

०७६ सालदेखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठा छन् र सो संख्या वृद्धि गरी ३५ वटा कोठा पुर्‍याउने कार्य र स्विमिङ पुल पनि निर्माणाधीन अवस्थामा रहेको छ र सो निर्माण कार्य यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ ।

यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठुलासाना गरी तीनवटा सभाहल रहेको छ ।  प्रसिद्ध धार्मिकस्थल डोलेश्वर महादेव मन्दिर २०० मिटरको दूरीमा रहेको छ ।