Skip This
क्रिकेट टिमको बिदाइ, रोहित दुई दिनपछि मात्रै जाने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३१ बुधबार १२:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेट टिमको बिदाइ, रोहित दुई दिनपछि मात्रै जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १२:४१:oo

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग– २ को शृंखलाका लागि नेपाली टोली  टिमको बिदाइ भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले मूलपानीस्थित केन्द्रीय कार्यालयमा आज बिहान ६ बजे स्कटल्यान्ड जाने टिमको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतको उपस्थिति थियो । 

मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । कप्तान रोहित परीक्षाको कारण दुई दिनपछि मात्रै त्यसतर्फ प्रस्थान गर्नेछन् । यस्तै, प्रशिक्षक स्टुवार्ट ल पनि पारिवारिक कारण बेलायतमै रहेको सचिव खड्काले बताए । क्यानले दीपेन्द्रसिंह ऐरीलाई फेरि उपकप्तान बनाएको छ । दीपेन्द्रले स्कटल्यान्डको पिचमा नेपाली टिमलाई खेल्न गाह्रो हुने बताए । यद्यपि, टिमका लागि शतप्रतिशत दिएर खेल्ने बताए । 

यसअघि क्यान र खेलाडीबिच विवाद भएपछि २०७८ मंसिर २९ गते दीपेन्द्रसहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरी कारबाहीमा परेका थिए । त्यसवेला ज्ञानेन्द्र र दीपेन्द्रलाई जिम्मेवारीबाट हटाइएको थियो । त्यसयता सन्दीप लामिछाने र रोहित टोलीको कप्तान भने पनि उपकप्तानको जिम्मेवारी कसैले पाएका थिएनन् ।

नेपालले आइसिसी विश्वकप लिग– २ अगाडि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्नेछ ।

नेपाली टोलीः
रोहितकुमार पौडेल गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख,  बसिर अहमद, नन्दन यादव, रिजन ढकाल