Skip This
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार १४:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १४:४३:oo

क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौताबाट बाहिरिने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

‘धेरै सोचविचार गरेर मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम होइन, यो व्यक्तिगत र व्यावसायिक रूपमा विकसित हुने दिशामा एक कदम हो,’ उनले लेखेका छन्।

उनी क्यानको केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’मा थिए। ग्रेड  ‘ए’का खेलाडीले मासिक एक लाख पाउँछन्।