Skip This
ब्राउनसुगरसहित नुवाकाेटका दुई व्यक्ति पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
२o८२ बैशाख ३१ बुधबार o९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ब्राउनसुगरसहित नुवाकाेटका दुई व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o९:३६:oo

महोत्तरीको बर्दीबासमा ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा सिराहाको लहानबाट काठमाडौं जाँदै गरेको हायस गाडी चेकजाँच गर्दा सोही गाडीको पछिल्लो सिटमा बसेका नुवाकोट जिल्ला लिखु गाउँपालिका– ५ बस्ने २८ वर्षीय दीपेश श्रेष्ठलाई प्रहरीले ५.३७ ग्राम ब्राउनसुगरसहित मंगलबार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दीबासका डिएसपी विकास बमको कमान्डमा रहेको लागुऔषध नियन्त्रण ब्युरो बर्दीबासको संयुक्त टोलीले श्रेष्ठले दुवै खुट्टाको मोजाभित्र लुकाइछिपाइ राखेको सो परिमाणको लागुऔषध फेला पारेको हो ।

यता लागुऔषध ब्राउनसुगर बोक्नेलाई सघाएको भन्दै प्रहरीले लिखु गाउँपालिकाकै वडा नं. ६ निवासी २८ वर्षीय राजेन्द्र डंगोललाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले जनाए । उनले पक्राउ परेका दुवैजनासँग अनुसन्धान भइरहेको बताए ।