Skip This
विद्यार्थीमाथि पिएन क्याम्पसका उपप्राध्यापकबाटै जातीय विभेद : विभेदजन्य शब्द प्रयोग गरेका उपप्राध्यापक शर्मालाई विभागीय प्रमुखबाट हटाइयो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसका उपप्राध्यापक देवीलाल शर्मा
Invalid date format o६:o६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्यार्थीमाथि पिएन क्याम्पसका उपप्राध्यापकबाटै जातीय विभेद : विभेदजन्य शब्द प्रयोग गरेका उपप्राध्यापक शर्मालाई विभागीय प्रमुखबाट हटाइयो

शर्मालाई क्याम्पसबाटै बर्खास्त गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o६:oo

विद्यार्थीमाथि जातीय विभेद र गालीगलौजको आरोप लागेका पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसका उपप्राध्यापक देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइएको छ ।  

क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत एमबिए फाइनान्स अध्ययनरत अमन परियारलाई औद्योगिक अवलोकन भ्रमणका क्रममा उपप्रध्यापक शर्माले अपमानजनक र जातीय विभेदका शब्द प्रयोग गरेको आरोप लागेपछि क्याम्पस प्रमुख हरिप्रसाद पाठकले विभागीय प्रमुखको जिम्मेवारीबाट हटाएका हुन् । यद्यपि, क्याम्पस प्रमुखले हटाउनुको कारणमा ‘विशेष परिस्थितिका कारण जिम्मेवारीबाट हटाइएको’ उल्लेख गरेका छन् । 

पूर्वी नेपालमा औद्योगिक भ्रमण सकेर सिन्धुली पुगेका वेला सोमबार उपप्राध्यापक शर्माले जातीय विभेद गरेको भन्दै अमनले क्याम्पस प्रशासन र स्ववियुमा उजुरी दिएका थिए । सिन्धुलीको कमलामाईमा गाडी बिग्रेको थियो । गाडी बनाउन छाडेर उपप्राध्यापक शर्मासहितको टोली स्विमिङ गएको विषयमा प्रश्न गर्दा उल्टै गालीगलौज गरेको एक विद्यार्थीले बताए ।  

अमनसहित विद्यार्थीको टोली मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो । कास्की प्रहरी प्रवक्ता हरि बस्नेतले घटनाबारे आफूहरूलाई जानकारी गराइएको र जाहेरीमा आकर्षित हुन सक्ने कानुनबारे जानकारी दिएर पठाएको बताए ।

शर्मालाई क्याम्पसबाटै बर्खास्त गर्न माग  
पृथ्वीनारायण क्याम्पस दलित विद्यार्थी समाजले उपप्राध्यापक देवीलाल शर्मालाई क्याम्पसबाट बर्खास्त गर्न माग गरेको छ । समाजका अध्यक्ष अमृत विकले विज्ञप्ति जारी गर्दै शर्माले क्याम्पसका विद्यार्थी अमन परियारमाथि जातीय हिसाबमा अपमानजनक शब्द प्रयोग गर्ने उपप्राध्यापक शर्मालाई क्याम्पसबाट बर्खास्त गर्न माग गरेका छन् ।

पृथ्वीनारायण क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति  विष्णु पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्राध्यापक शर्मामाथि हदैसम्मको कारबाहीको माग गरेका छन् । ‘क्याम्पसजस्तो शैक्षिक स्थलमा प्राध्यापकबाट नै जातीय विभेद हुनु आपत्तिजनक विषय हो । उपप्राध्यापकले विद्यार्थीप्रति गरेको यसप्रकारको विभेदकारी भनाइले हामी सबैलाई स्तब्ध बनाएकाले घटनामा संलग्न उपप्राध्यापकलाई क्याम्पस प्रशासनबाट हदैसम्मको कारबाही गरियोस्,’ विज्ञप्तिमा भनिएको छ  । त्यस्तै, तराई कानुन विद्यार्थी मञ्च, पोखराका अध्यक्ष रामबाबु दासले पनि विज्ञप्ति जारी गर्दै उपप्राध्यापक शर्मालाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन् ।