Skip This
दृष्टिविहीन विद्यार्थीलाई ब्रेललिपिका शैक्षिक सामग्री वितरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
२o८२ बैशाख ३० मंगलबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दृष्टिविहीन विद्यार्थीलाई ब्रेललिपिका शैक्षिक सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १४:१७:oo

उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ मा रहेको आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षा (१–९) का १० जना दृष्टिविहीन विद्यार्थीलाई ब्रेललिपिका सामग्री वितरण गरिएको छ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले दृष्टिविहीन विद्यार्थीलाई अध्ययनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहयोग गरेको हो।

मंगलबार एक कार्यक्रमबिच अस्पतालका अध्यक्ष भागवत राउतले ब्रेललिपिका शैक्षिक सामग्री वितरण गरेको बताए। उनले भने, ‘दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध हुँदैन। जसको कारण पठपाठनमा समस्या हुन्छ। त्यही भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएका छौँ।’

मदन भण्डारी आँखा अस्पताल गाईघाटले यसअघि पनि नेत्रहीन संघ उदयपुरलाई दृष्टिविहीनले प्रयोग गर्ने ३० थान सेतो छडी, उदयपुर जिल्लाका ४२ जना शारीरिक अपांगता भएकालाई ह्विल चेयर, त्रियुगा नगरपालिका– ७ स्थित जनज्योति माध्यमिक विद्यालय चुहाडेमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूका लागि सेतो छडी, ब्रेल कपीलगायतको सामाग्री २० जनालाई उपलब्ध गराएको थियो भने जिल्लाभित्रका ९३२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रियासमेत गरेको छ। राउत नेकपा एमाले उदयपुरका जिल्ला अध्यक्षसमेत हुन्।