Skip This
गुल्मीको रेसुंगा विमानस्थलबाट सातामा तीनपटक उडान हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
२o८२ बैशाख ३० मंगलबार ११:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुल्मीको रेसुंगा विमानस्थलबाट सातामा तीनपटक उडान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार ११:४५:oo

यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीनपटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान गर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीनपटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुंगा–काठमाडौंका लागि सात हजार ८० र काठमाडौंं–रेसुंगा सात हजार दुई सय ८० भाडादर कायम छ ।

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए । निगमको १८ सिट क्षमताको जहाजले बिहान ६:१० बजे काठमाडौंबाट रेसुंगा र बिहान ७:१५ बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।