Skip This
कुर्दिस लडाकु पिकेके विघटन, सशस्त्र संघर्ष अन्त्यको घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस इस्तानबुल
Invalid date format १७:५६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

कुर्दिस लडाकु पिकेके विघटन, सशस्त्र संघर्ष अन्त्यको घोषणा

Read Time : > 1 मिनेट
रासस, इस्तानबुल
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्य गरेको र चार दशक लामो घातक विद्रोहमा बिराम लगाएको बताएको छ।

सन् १९७० को दशकको उत्तरार्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृंखला सुरु गरेको थियो। यसमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो।

‘१२औँ पिकेके कांग्रेसले पिकेकेको संगठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र संघर्षको विधिवत अन्त्य गर्ने निर्णय गरेको छ,’ कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा समूहले भनेको छ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’का रूपमा स्वागत गरेको छ। तर, सरकारले यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ।

ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुहरूलाई इस्तानबुलको इम्राली जेल टापुबाट एउटा पत्रमा निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेपछि यो ऐतिहासिक घोषणा आएको हो। उक्त जेलमा उनी सन् १९९९ देखि बन्दी छन्।

ओकलानले पिकेकेको निर्णयलाई औपचारिक रूप दिन एक सम्मेलन आयोजना गर्न पनि अनुरोध गरेका थिए। उक्त सम्मेलन पिकेकेले गत हप्ता इराकको कान्डिल पहाडमा युद्धविराम घोषणा गर्दा गरेको थियो।

त्यहाँ यसका नेताले ‘पिकेकेका गतिविधिहरूसम्बन्धी ऐतिहासिक महत्त्वका निर्णयहरू’ गरेको एएनएफले शुक्रबार रिपोर्ट गरेको थियो। ‘यो अन्त्य होइन, यो नयाँ सुरुवात हो,’ पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले कुर्दिस समर्थक मेजोपोटामिया समाचार एजेन्सीले उद्धृत गरेको टिप्पणीमा प्रतिनिधिहरूलाई भने।

एकेपीका प्रवक्ता ओमर सेलिकले यो निर्णय ‘व्यवहारमा लागू गरियो र यसका सबै आयामहरूमा साकार भयो भने’ यसले नयाँ युगको ढोका खोल्ने बताएका छन्।

अंकारा, वासिंटन र ब्रसेल्सले आतंकवादी समूह घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको थियो। यसको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो। कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसंख्याको लगभग २० प्रतिशत ओगट्छन्।