Skip This
पुटिनले गरे युक्रेनसँग वार्ताको प्रस्ताव, जेलेन्स्कीको स्वागत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
एजेन्सी मस्को
Invalid date format o९:५१:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पुटिनले गरे युक्रेनसँग वार्ताको प्रस्ताव, जेलेन्स्कीको स्वागत

Read Time : > 1 मिनेट
एजेन्सी, मस्को
नयाँ पत्रिका
Invalid date format o९:५१:oo

 रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन् । युक्रेन र युरोपेली नेताले निसर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि पुटिनको प्रस्ताव आएको हो । बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार रुस युद्धविरामको प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए ।

रुसी प्रशासन क्रेमलिनमा पुटिनले उक्त आह्वानलाई स्पष्ट रूपमा सम्बोधन त गरेनन् बरु युक्रेन र रुसबिच वार्ताको ताजा प्रस्ताव प्रस्तुत गरे । उनले मे १५ मा युक्रेनसँग वार्ताका लागि प्रस्ताव गरेका हुन् । ‘हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्छौँ । त्यस्तो वार्ता निसर्त होस् भन्ने म जोड दिन्छु,’ पुटिनले भने । 

रुसी र युक्रेनी वार्ताकारले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ । ‘हामी इस्तानबुलमा मे १५ मा ढिलाइ नगरी वार्ता सुरु गर्ने प्रस्ताव गर्दछौँ,’ पुटिनले भने । उनले वार्तालाई सहज बनाउन सहयोग माग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्ने बताए । 

उनले युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध रहेको र द्वन्द्वका मूल कारण हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न वार्ता चाहेको बताए । रुसको द्वन्द्वका मूल कारणसम्बन्धी सन्दर्भले सामान्यतया किएभ र पश्चिमा देशप्रतिका कथित गुनासोलाई जनाउँछन्, जुन मस्कोले सन् २०२२ को फेब्रुअरीमा आक्रमणको औचित्यका रूपमा प्रस्तुत गरेको छ । यसअन्तर्गत पूर्वी युक्रेनका रुसीभाषीको रक्षा, नाटो विस्तार रोक्नेलगायत छन् । रुसी आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जाबाहेक अरू केही नभएको भन्दै किएभ र पश्चिमले ती सबै शर्त अस्वीकार गरेका छन् । 

वार्ताका लागि युक्रेन तयार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभ मस्कोसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् । पुटिनले किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीको उक्त धारणा सार्वजनिक भएको हो । जेलेन्स्कीले भने, ‘एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । हामी आशा गर्दछौँ कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ । युक्रेन वार्ताका लागि तयार छ ।’ जेलेन्स्कीले तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दाबी गरे । जेलेन्स्कीले भने, ‘रुसले अन्ततः युद्ध अन्त्य गर्नेबारे सोच्न थालेको छ । यो सकारात्मक संकेत हो ।’